चितवनमा प्रस्तावित पूर्वपश्चिम रेलमार्गको कार्य स्थगित, नयाँ बिकल्पको खोजी गरिने

चितवनमा प्रस्तावित पूर्वपश्चिम रेलमार्गको कार्य स्थगित गरिएको छ । साथै नयाँ विकल्पको खोजी गरिने बताइएको छ ।

भरतपुर महानगरपालिकामा आज पुर्व पश्चिम रेलमार्गबारेमा उत्पन्न विवादका बारेमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, रेल बिभागका महानिर्देशक, चितवनका राजनीतिक दलका प्रमुख र सम्बन्धित सरोकारवालाहरुका बिचमा छलफल भएको छ ।
छलफलको क्रममा अब तत्काल उक्त रेलमार्गको प्रस्ताबलाई रोकेर स्थानियको तर्फबाट नयाँ बिकल्पको खोजी गरी केन्द्रमा सुझाब पेश गर्ने र रेलमार्ग अध्ययनका लागि मन्त्रालयको तर्फबाट पनि प्राबिधिक टिमसहित फिल्डमा खटाउने निर्णय भएको छ ।
छलफलमा महानगर प्रमुख रेनु दाहालले प्रस्तावित रेलमार्गका लागि वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने बताइन् ।
यसअघि पूर्वपश्चिम रेलमार्ग चितवनको राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ त्यस्तै भरतपुरको ८, ७, ५, ४ र १६ नम्बर वडा हुँदै जाने गरी म्एच् नै तयार भएको थियो । जुन म्एच् को चर्काे विरोध भएको थियो ।

Scroll to Top