चित्लाङमा बस र मोटरसाईकल ठक्कर खाँदा एक जनाको मृत्यु, अर्का व्यक्ति गम्भीर घाइते

मकवानपुरको थाहा नगरपालिका वडा नंबर ९ चित्लाङमा बस र मोटरसाईकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

चित्लाङको भित्रि सडकमा भएको दुर्घटनामा मोटरसाईकल चालक ३० वर्षका मनोज गमाल रहेका छन् । काठमाण्डौँबाट चित्लाङ जाँदै गरेको बा ४ ख ८७७३ नंबरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ६५ प ४१७३ नंबरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका गमालको काठमाण्डौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाईकलको पछाडी रहेका शम्भु गमालको मनमोहन अस्पताल काठमाण्डौँमा उपचार भैरहेको प्रहरीको भनाई छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

तस्बिर : शम्भु अधिकारी
Scroll to Top