चित्लाङ्गमा नेपाल बैंकको शाखा उट्घाटन

मकवानपुर जिल्ला , थाहा नगरपालिका वडा नं ९ चित्लाङ्गमा नेपाल बैंकले शाखा विस्तार गरेको छ ।

आज एक औपचारिक कार्यक्रमकाबिच शाखा उट्घाटन गरिएको जानकारी दिंदै नेपाल बैंकको शाखा स्थापनाले समग्र चित्लाङ्ग लगायत क्षेत्रको आर्थिक, सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्ने वडा अध्यक्ष राजकुमार बलामीले बताए !

पर्यटन र कृषिको प्रचुर सम्भावना बोकेको चित्लाङ्ग ऐतिहासिक , सांस्कृतिक सम्पदाका दृष्टिले समेत परिचित छ ।

फोटो : राजेन्द्र बलामी
Scroll to Top