चित्लाङ-चन्द्रागिरि-थानकोट सडक स्तरीकरणको लागि तत्काल बजेट छुट्टाउन माग

चित्लाङ चन्द्रागिरी थानकोट सडक (गणेशमान मार्ग) स्तरीकरणको लागि तत्काल बजेट छुट्टाउन माग गर्दै मकवानपुरका पुर्व जनप्रतिनिधि तथा हालका जनप्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेका छन।

आज प्रधानमन्त्री प्रचण्ड संग मकवानपुर क्षेत्र न २ का सांसद महेश कुमार वर्तौला सहित संविधानसभा सदस्य द्वय रामनारायण विडारी,सुवासचन्द्र ठकुरी,थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी,नेपाली काङ्ग्रेसका नेता जयराम लामिछाने थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामी,लगायतकाले प्रधानमन्त्री भेटी तत्काल ८ देखि १० करोड रुपैयाँ मर्मतको लागि उपलब्ध गराइ ४० करोड रुपैयाँ बराबरको श्रोत सुनिश्चितता सहित बहुवर्षिय ठेक्का अगाडि बढाउन आग्रह गरिएको सांसद वर्तौलाले जानकारी दिएका छन।

प्रधानमन्त्री बाट सरकारको तर्फ बाट आबश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता आएको सांसद वर्तौलाले बताउदै अब जस-अपजसको सानातिना खेतिपातीतिर होइन सबै मिलेर सडक स्तरिकरणका लागि सरकारलाई दबाब सिर्जना गरेर आवश्यक बजेट सुनिश्चितता गर्न एकीकृत पहलकदमी र खबरदारीका लागि निरन्तर पहल कदमी गरिरहने बताए।

Scroll to Top