चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपालमा

काठमाडौं ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।

बंगलादेश हुँदै उक्त प्रतिनिधि मण्डल नेपाल आइपुगेका हुन् ।  माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । 

ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली नेपाल आएका हुन् । नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Scroll to Top