चिनियाँ वैज्ञानिकले बनाए मधुमेह निको पार्ने विधि

चिनियाँ वैज्ञानिकहरुले ‘सेल थेरापी’ मार्फत सफलतापूर्वक एक बिरामीको मधुमेह निको पारेका छन् । सेल थेरापी सांघाई चाङझेङ अस्पताल, चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको सेन्टर फर एक्सिलेन्स मोलिक्युलर सेल साइन्स र रेन्जी अस्पतालको टोलीले विकास गरेको हो । चिनियाँ वैज्ञानिकहरुको यो महत्वपूर्ण उपलब्धीलाई चिकित्सा क्षेत्रमा कोसेढुंगा मानिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार एक बिरामीको जुलाई २०२१ मा कोशिका प्रत्यारोपण (सेल ट्रान्सप्लान्ट) गराइएको थियो । ट्रान्सप्लान्टको ११ हप्ता भित्रै उक्त बिरामीलाई बाह्य इन्सुलिन आवश्यक पर्न छोडेको बताइएको छ । यस्तै, १ वर्षको अन्तरालमा उनले सुगर नियन्त्रणका लागि बिस्तारै औषधि सेवन कम गर्दै अन्ततः औषधि प्रयोग गर्न नै बन्द गरेको बताइएको छ । फलो–अप परीक्षाणहरुले बिरामीको प्यान्क्रियाटिक आइलेटको कार्य प्रभावकारीरुपमा पुनर्स्थापित भएको देखाएको प्रमुख अनुसन्धानकर्ताहरु मध्ये एकले बताएका छन् ।

बिरामी अहिले ३३ महिनादेखि इन्सुलिनमुक्त भइसकेको रिपोर्टमा उल्लेख छ । यो सफलताले मधुमेहको सेल थेरापीमा महत्वपूर्ण प्रगतिको सङ्केत गरेको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्रोफेसर टिमोथी किफरले बताएका छन् । मधुमेहले खानालाई उर्जामा रुपान्तरण गर्ने शरीरको क्षमतालाई असर गर्दछ । राम्रोसँग व्यवस्थापन गरिएन भने यदि मधुमेयले गम्भीर जटिलताहरु निम्त्याउँछ । परम्परागत उपचारहरुमा इन्सुलिन इंजेक्नसहरू र निरन्तर निगरानी समावेश हुन्छ भने सेल थेरापीमा कोषिकाको प्रत्यारोपण हुन्छ । -एजेन्सी

https://nepalipaisa.com/news-detail/70091?fbclid=IwZXh0bgNhZW0CMTEAAR2L_WZbZaOF3bBuCTBNCOlU2gZt_gEKOxz9SB-VVl6UGYE1hbjTmu7ZwWA_aem_AcYQz7867sFoV9IFR9PUCu1avopLRTefQtBJN6jdK0jsGz2w6bGP837bYOD6-wzl1iklicKW9GnWVlJpG4hpqCYT
Scroll to Top