छायाँदेवी चेतनाथ पुरस्कार गजलकार प्रदिप रोदन र बसन्त ओलीलाई प्रदान

२०७९ सालको छायाँदेवी चेतनाथ पुरस्कार एक कार्यक्रमकाबीच “मफलर” गजल संग्रहका लागि गजलकार प्रदिप रोदनलाई र २०७८ को पुरस्कार “बोई” गजल संग्रहका लागि गजलकार बसन्त ओली वसन्तीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा गजलकार द्वय प्रदिप रोदन र बसन्त ओलीले गजल वाचन पनि गर्नुभएको थियो । सम्मान कार्यक्रममा गायक राज सिग्देल र राज सागरको गायन पनि रहेको थियो । पुरस्कारका संयोजक अच्युत घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा गजलकार रवि प्राञ्जल, करुण थापा, उपन्यासकार अमर न्यौपाने, पुरस्कारका संस्थापक तथा गजलकार जे. सागर लगायतले मन्तव्य राख्नुभएको थियो ।

Scroll to Top