छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिताकाे उपाधि बाँडभञ्ज्याङकाे ब्लु बेल फुटबल क्लबलाई

काठमाडौंः छैठौं नैकाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका ०२ बाँडभञ्ज्याङको ब्लु बेल फुटबल क्लबले जितेको छ ।
लगातार तेस्रोपटक प्रतियोगिताको फाइनल खेलेको ब्लु बेलले पहिलोपटक उपाधि उचालेको हो ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा भक्तपुरको मध्यपुर जागरुक युवा क्लबको चुनौती ५-० ले पन्छाउँदै ब्लु बेलले उपाधिसहित ५ लाख रुपैयाँ हात पार्यो । ब्लु बेललाई उपाधि दिलाउन आशिष चापागाईंले ह्याट्रिक गरेका थिए । उपविजेता बनेको मध्यपुरले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने टिमलाई ५०–५० रुपैयाँ प्रदान गरिएको छ । गत असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा २७ वटा टिमले सहभागिता जनाएका थिए ।

नैकाप फुटबल ग्राउण्डको स्तरोन्नतीका लागि सघाउ पुग्ने प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही १५–१५ हजार नगद र ट्रफी प्रदान गरिएको छ । त्यसैगरी समापन कै अवसर पारी आयोजकले ५० हजार पुरस्कार राशी रहेको चन्द्रागिरि स्पोर्टस अवार्ड प्रशिक्षक वीरकृष्ण शाहीले प्राप्त गरेका छन् ।

Scroll to Top