जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना

काठमाडौं । मधेश प्रदेश सरकारले जनकपुरलाई अन्तर्राष्ट्रिय वैवाहिक स्थल (म्यारिज डेस्टिनेशन)को रुपमा विकास गर्ने घोषणा गरेको छ ।

मधेश सरकारले आगामी आर्थिक बर्ष २०८-८२ को नीति तथा कार्यक्रममार्फत त्रेता युगकालिन परम्परालाई संस्थागत गर्ने उद्देश्यले मिथिला नगरी जनकपुरलाई संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गर्ने घोषणा गरेको हो ।

यसअघि जेठ १५ मा संघीय सरकारको अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममार्फत जनकपुरलाई वेडिङ हबको रुपमा तथा लुम्बिनीलाई बर्थिङ्ग हबको रुपमा विकास गर्ने घोषणा गरेका थिए ।

रामजानकीको विवाह क्षेत्रको रुपमा चिनिएको जनकपुरलाई ‘वेडिङ हब’ र गौतम बुद्धको जन्मस्थानको रुपमा रहेको लुम्बिनीलाई ‘बर्थिङ्ग हब’ को रुपमा विकास गरिने अर्थमन्त्री पुनले घोषणा गरेका थिए ।

उता संघीय सरकारको लगानी बोर्डले पनि जनकपुरधाममा वैवाहिक पर्यटनको विकास गर्ने योजना अघि सारेको छ ।

Scroll to Top