मोहन सुवेदी
एउटा घर बनिएको थियो पानीको
त्यहाँ अलिकति थपियो हावा र आगो
उज्यालो अझै नपुगेको घरका कुना कुनामा
बिस्तारै अग्लिदै गयो सपनाको सिङ्गो महल
आँसु पुछ्दै बिताएका अनिदा रातहरू
झर्दै गए हातका एकेक ओटा औंलाहरू
पखेटा फिंजाउदै आएको सेतो बकुल्लो
मृत्युको नजिक पुगेर फर्किन लागेको दिन
सारा रात कुरिरहें एक्लै मोमबत्ती बालेर
आज म फेरि जन्मिएँ त्यो पानीको घरमा
-तेजपुर, असम, भारत