जाजरकोट र रुकुमका भूकम्प पीडितहरूको सहयोगका लागि आज नेकपा (एमाले)को स्वयंसेवकहरूको अर्को टोली जाजरकोट प्रस्थान

जाजरकोट भूकम्पबाट घरबारविहीन भएका जाजरकोट र रुकुमका भूकम्प पीडितहरूको सहयोगका लागि आज नेकपा (एमाले)को स्वयंसेवकहरूको अर्को टोली जाजरकोट प्रस्थान गरेको छ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको ३० सदस्यीय स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो ।

पार्टीका महासचिव शंकर पोखरेल, पोलिटव्यूरो सदस्य तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्य, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट स्वयंसेवक टोलीलाई विदाई गर्नुभयो । विदाईमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्जहरू गोविन्द दुलाल र बालिका गिरी पनि उपस्थित हुनुहुन्थ्यो ।

महासचिव पोखरेलले यस स्वयंसेवक टोलीको नेतृत्व गर्नुभएका उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव जितेन्द्र श्रेष्ठलाई नेपालको राष्ट्रिय झण्डा, हेल्मेट लगायत बन्दोवस्तीका सामान प्रदान गरी कार्यसफलताको शुभकामना दिँदै विदाई गर्नुभयो । उपसचिव श्रेष्ठ नेतृत्वको टोलीमा उपत्यका विशेष प्रदेश कमिटी सदस्यहरू रामजी सापकोटा, प्रकाश भट्टराई, अर्जुन अधिकारी, कोपिला न्यौपाने र युवराज जिरेल हुनुहुन्छ भने मजदुर र युवा विद्यार्थी जिल्ला कमिटीबाट दिवाकर पोखरेल, शालिकराम सुवेदी, बालगोपाल थापा, कृष्णलाल डङ्गोल, कुमार ढुङ्गाना, अरुण श्रेष्ठ, भोजबहादुर खपाङ्गी, गोरखबहादुर सुनुवार, उदास श्रेष्ठ, दिनेश पाठक, बालकृष्ण खाइतु, गोकर्ण नेपाल, नीर केसी, सविता बस्नेत, गोपाल गुरूङ, पवित्रा ढकाल, सुवोध आचार्य, झपेन्द्र खत्री लगायत हुनुहुन्छ ।

टोलीले जाजरकोटमा नेकपा (एमाले)को स्वयंसेवक टोलीको संयोजकको भूमिकामा काम गरिरहनुभएका पार्टीका केन्द्रीय सदस्य, विपद् तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको समन्वयमा तोकिएको स्थानमा काम गर्ने छ । यस टोलीले भूकम्पले भत्किएका घरहरूका भग्नावशेष व्यवस्थापन गर्ने, पुरिएका घरभित्रका सामान जम्मा गर्ने र कम्तीमा ४० वटा अस्थायी न्यानो घरटहरा बनाई फर्कने उपत्यका विशेष प्रदेश कमिटीले जनाएको छ ।

टोलीले भूकम्प पीडितहरूका लागि उपत्यका विशेष प्रदेश कमिटीका तर्फबाट पाँचसय कम्मल, केही अत्यावश्यक औषधीका साथै अस्थायी टहरा निर्माणका लागि जस्तापातासमेत लिएर गएको छ । भूकम्पले ठूलो क्षति पुर्याएका जाजरकोट र पश्चिम रुकुमका विभिन्न गाउँवस्तीमा यही मङ्सिर १ गतेदेखि नेकपा (एमाले)का स्वयंसेवकहरूले विभिन्न समूहमा भत्किएका र बस्न नहुने गरी क्षति पुर्याएका घरहरूका भग्नावशेष हटाउने र अस्थायी घरटहरा बनाउने काम तीब्र गतिमा गरिरहेका छन् । नेकपा (एमाले) सचिवालयको २५औं बैठकले भूकम्प प्रभावित जिल्लामा एकहजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरे बमोजिम उपत्यका प्रदेश कमिटीले स्वयंसेवक पठाएको हो ।

Scroll to Top