जाडोमा मुटु स्वस्थ राख्न के गर्ने, के नगर्ने ?

डा. ओममूर्ति अनिल

जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ। धेरैको जिज्ञासा हुन्छ- जाडोको समयमा मर्निङवाक गर्दा राम्रो वा इभिनिङ वाक गर्दा ? जाडोको समयमा मुटुलाई कसरी स्वच्छ राख्ने भन्ने जिज्ञासा पनि साझा नै हो। जाडोमा स्वच्छ व्यक्ति  तथा मुटु रोगीहरुले के गर्ने वा के नगर्ने? भन्नेबारे छोटो जानकारी दिन चाहन्छु। जाडोमा मेडिकल तथा सामान्य रुपमा सचेत हुँदा विभिन्न प्रकारका असमायिक दुर्घटनाबाट जोगिन सकिन्छ। 

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्त्वपूर्ण उपाय हो। सबै व्यक्तिले चिसोबाट बच्नुपर्छ। बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नुपर्छ। चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई राम्रा अवस्थामा राख्नुपर्छ।

निम्न कुराहरु सवैका लागि उत्तिकै जरुरी छन्। ५० वर्ष भन्दा माथि उमेर समूहका रक्तचाप,  मधुमेह, कोलेस्ट्रोरेल लगायतका समस्या भएका बिरामीहरुका बढी उपयोगी हुन सक्छन्। 

के गर्ने ?

  • जाडोको समयमा रक्तचाप, मधुमेह, कोलेस्ट्रोरेलको नियमित परीक्षण गर्ने।
  • जाडोमा शरीरमा रगत बाक्लो हुने भएकोले त्यसलाई ठीक अवस्थामा ल्याउनका लागि पर्याप्त मात्रामा पानी पिउनुपर्छ। 
  • सक्रिय रहने। 
  • मधुमेह, रक्तचाप, कोलेस्ट्रोरेल लगायतका बिरामीले नियमित रुपमा औषधि सेवन गर्ने। 
  • जाडोमा फोक्सो, मुटु लगायत शरीरका अन्य अंगहरुमा दबाब बढी पर्ने भएकोले विशेष ख्याल राख्नुपर्ने हुन्छ। औषधि सेवन गरिरहेका बिरामीहरुले एक्कासी औषधि सेवन रोक्दा हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढ्छ। 
  • एउटै मोटो कपडा लगाउनु भन्दा तीन चारवटा कपडा लगाउनु सुरक्षित मानिन्छ। 
  • पोषणयुक्त खानेकुराको सेवन गरौं, जसले शरीरमा हुने विभिन्न संक्रमणहरुलाई जोगाउँछ। 

के नगर्ने ?

  • मदिरा तथा चुरोट सेवन नगर्ने। मदिरा तथा चुरोट सेवनले हृदयाघात तथा मस्तिष्कघातको जोखिम बढाउँछ। 
  • कुनै पनि नयाँ प्रकारको व्यायाम नगर्ने। 
  • विशेषगरी काठमाडौंमा साँझको समयमा हावा चल्ने भएकोले श्वाप्रश्वासको समस्या पनि आउन सक्छ। त्यसकारण इभिनिङ वाक नगर्नु राम्रो। 
  • जाडोको समयमा बुढाबुढीलाई रुघाको जोखिमबाट जोगाउने। 
  • दमको रोगीहरुको मृत्यु जाडोको समयमा हृद्यघातको कारणले हुने गर्छ।
Scroll to Top