झण्डै १६ करोड बचत हिनामिना गरेको आरोपमा एभरट्रष्टका उपाध्यक्षसहित ५ जना पक्राउ

काठमाडौं : एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। आइतबार सहकारीको रकम ठगीको अभियोगमा संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोलीले पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार सहकारीका उपाध्यक्ष  बालुवाटारकी ३९ वर्षीया बविता डंगोल, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुंगाका ३७ वर्षीय विष्णु प्रसाद फुयाँल, ललितपुर महानगरपालिका-८ सुवहालका ४८ वर्षीय रामलाल महर्जन र टोखाका ४६ वर्षीय अमरभाई बज्राचार्यलाई सीआईबीले पक्राउ गरेको हो। 

एभरट्रष्ट बचत तथा ऋण सहकारीको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप छ । मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा  काठमाडौ जिल्ला अदालतबाट दिन ८ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको बोगटीले बताए।

Scroll to Top