टर्कीको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान

टर्कीको संसदमा भीषण झडप भएको छ । संसद्को भिडियोमा सांसदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेको देखिएका छन् ।

यो झगडा करिब ३० मिनेटसम्म चलेको थियो । जसमा तीन विपक्षी सांसद घाइते भएका छन् । 

एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि संसदमा झडप भएको थियो । त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए ।

झगडा चर्किएपछि र सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्न थालेका थिए । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शुक्रबार टर्कीको संसदमा विशेष सत्रको बैठक बसेको थियो ।

यसमा सांसद केन अटलेको चर्चा चलिरहेको थियो । अटालेले सन् २०१३ मा एर्दोगान सरकारको विरोध गरेका थिए, जसमा धेरै हिंसा भएको थियो। यसपछि अटाले पक्राउ परेका थिए ।

अटाले सन् २०१३ देखि जेलमा छन् । उनलाई सन् २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो । गत मे महिनामा भएको निर्वाचनमा अटाले विजयी भएका थिए । -एजेन्सीको सहयोगमा

Scroll to Top