टाइगर्स कप राष्ट्रिय भलिबल प्रतियोगितामा चन्द्रागिरिको न्यु डायमण्ड स्पोर्ट्स क्लब दोश्रो हुन सफल

काठमाडौं ।
पोखरामा सम्पन्न चौथो टाइगर्स कप राष्ट्रिय भलिबल प्रतियोगितामा चन्द्रागिरिका न्यु डायमण्ड स्पोटर््स क्लब दोस्रो हुन सफल भएको छ ।
शनिबार भएको फाइनलमा एपीएफले न्यु डायमण्ड क्लबलाई ३ –० को सोझो सेटमा पराजित गरी उपाधि जितेको थियो ।
प्रथम हुने एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगत पुरस्कारका साथै प्रमाणपत्र, ट्र«फी र मेडल हात पारेको छ ।
त्यस्तै दोस्रो हुने न्यु डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।
प्रतियोगिताको उत्कृष्ठ डिफेन्डरको उपाधि न्यु डायमण्डकी सलिना श्रेष्ठले प्राप्त गरेकी छिन् ।
खेलाडीहरूको हौसला बढाउन शनिबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरको सामाजिक विकास समिति संयोजक घनश्याम लुइँटेल, सुशासन समिति संयोजक श्रीकृष्ण खत्रीलगायत पोखरा पुगेका थिए ।
नेपाली महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको न्यु डायमण्ड स्पोर्ट्स क्लबको महिला भलिबल टोलीलाई चन्द्रागिरि नगरपालिकाले खेल सामाग्री प्रायोजन गरेको थियो ।
चन्द्रागिरि नगरपालिका कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षमा नैकापस्थित न्यु डायमण्ड महिला भलिबल टोलीले सहभागिता जनाउने जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा “चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम” को नामसहित सहभागिता जनाउने र ती प्रतियोगितामा खेलाडीहरुको लागि आवश्ययक खेलकुद सामग्री र अन्य व्यवस्थापन चन्द्रागिरि नगरपालिकाले व्यहोर्ने पहिले नै जानकारी गराएको थियो ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले पोखरामा सम्पन्न चौथो टाइगर्स कप राष्ट्रिय भलिबल प्रतियोगितामा दोश्रो हुन सफल भएकोमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Scroll to Top