टी–२० विश्वकप जित्ने भारतीय टोलीलाई २०० करोड नगद पुरस्कार

काठमाडौं । काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी–२० विश्वकप जित्ने टोलीलाई २०० करोड नेपाली रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

यो २०० करोडबाट १५ खेलाडीले ८–८ करोड भारू पाउनेछन्।

इन्डियन एक्सप्रेसका अनुसार चार रिजर्भ खेलाडी, ब्याट्सम्यान रिंकु सिंह र शुभमन गिल, तीव्र गतिका बलर आवेश खान र खलिल अहमदले पनि जनही एक करोड ६० लाख रुपैयाँ पाउनेछन् ।

ब्याटिङ प्रशिक्षक विक्रम राठौर, फिल्डिङ प्रशिक्षक टी दिलीप, बलिङ प्रशिक्षक पारस महाम्बरेले ४ करोड रुपैयाँ पाउनेछन् ।

भारतीय टोली १७ वर्षपछि यस प्रतियोगितामा च्याम्पियन बनेको छ। यसअघि सन् २००७ मा उपाधि जितेको थियो।

Scroll to Top