टेकानपुरका बलामी समुदायको जात्रा सुरु, आज चुन्देवीको पुजा हुँदै !

काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिका अन्तर्गतको थानकोटको रमणीय र प्राचीन बस्ती हो टेकानपुर । उपत्यकाको पश्चिम सीमान्तमा उभिएको यस गाउँमा विभिन्न धर्म संस्कृति मान्ने जाति र समुदायहरु रहेका छन् । त्यस्तै विभिन्न जातिहरुमध्ये आफ्नै मौलिक भाषा, संस्कृति, सभ्यता र इतिहास बोकेर बसेको समुदाय हो बलामी समुदाय । चन्द्रागिरि नगरपालिका वडा नं. ४ अन्तर्गत दक्षिण दिशामा रहेको टेकानपुर गाउँ बलामी जातिको ऐतिहासिक थलो हो ।
टेकानपुरमा बसोबास गर्ने बलामीहरुले विभिन्न जात्राहरु र नाच सञ्चालन गर्दै आएका छन् । ती मध्ये चुनदवी जात्रा पनि एक प्रमुख जात्रा हो ।

चुनदेवी जात्रा :

मातातीर्थ औंशीको भोलिपल्ट प्रतिपदाका दिन टेकानपुरको शिरको रूपमा रहेको महालक्ष्मी चउरस्थित चुनदेवी मन्दिरमा विशेष पूजा हुन्छ । गाउँभरिका गुठीयारहरूको सहभागितामा गुठीका थकालीको घरबाट बोका बलिसहितको पूजा सामग्री र खट निकालिन्छ ।

चुनदेवी मन्दिरमा पूजा अर्चनापश्चात् बाजागाजासहित् धुमधामले चुन्देवी जात्रा सम्पन्न गरिन्छ ।

चुन्देवी बलामीका साथै अन्य थरघरका पनि आराध्यदेवी रहँदै आएकी छन् ।

Scroll to Top