टौदहमा एकैपटक ठूलो संख्यामा माछा मरे

टौदहमा एकैपटक ठूलो संख्यामा माछा मरेका छन् । बिगत दुई दिन देखि माछाहरू छट्पटाउँदै किनारामा आएर मरेको स्थानीयले बताए । नजिकैका धान खेतमा प्रयोग भएको बिषादी दहको पानीमा मिसिएर वा के कारणले माछाहरू मरे अनुसन्धानको बिषय रहेको स्थानीयरू बताउँछन् ।

पोखरीमा पहिले देखि नै रहेका रैथाने माछाहरू भने नमरेको स्थानीय शिक्षक किरण के.सी. ले बताउनु भयो । चराहरुको पनि बसोबास रहेको यो क्षेत्रमा यसरी ठूलो संख्यामा माछा मरेपछि चिन्ताको बिषय बनेको छ । यसपोखरीमा रूसको साइबेरिया देखी हिउँदको जाडो छल्न पानी हाँस आउने गर्दछन् ।

प्राकृतिक पोखरीको वरिपरी बस्ती निर्माण तिब्र रूपमा हुन थालेपछि काठमाडौंको एउटा प्रमुख सिमसार क्षेत्रको रूपमा रहेको टौदहको जैविक विविधतामा असर पुगेको छ ।

Scroll to Top