ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् ।

ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ । 

टोलीमा सागर ढकाल र कमलसिंह ऐरी समेटिएका छन् । टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहोरा, सागर ढकाल र कमल सिंह ऐरी छन् ।

नेपालले अर्को महिना अमेरिका र वेस्ट इज्डिजमा हुने टी-२० विश्वकप खेल्दैछ । नेपालले समूहचरणमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग खेल्नेछ । 

Scroll to Top