डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरियो, समर्थन फिर्ता 

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मँगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई जनमत पार्टीका मन्त्रीहरुले राजीनामा बुझाएको हो । हिजो सोमवार सप्तरीको राजविराजमा भएको शिलान्यास कार्यक्रमलाई लिएर दुई पार्टीबीच विवाद बढेपछि उनीहरुले राजीनामा दिँदै समर्थन फिर्ता लिएको हो ।

जनता समाजवादी पार्टी नेतृत्वको मधेश सरकारबाट जनमत पार्टी समर्थन फिर्ता लिएपछि जसपाका नेता कार्यकर्तामा उल्लास छ । सोमबार प्रहरीको कुटाईवाट घाइते भएका पार्टीका मधेश संसदिय दलका नेता समेत रहेका शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका हुन ।

साँझ मुख्यमन्त्री सरोज कुमार यादवलाई जनमतका मन्त्रीद्वय महेश प्रसाद यादव र चन्दन सिंहले राजिनामा पेश गरेका हुन । यस अघि समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बझाइएको जनमत सरकारवाट बाहिर भएको जानकारी गराउन मुख्यमन्त्रीसंग समय माग गरेको थियो ।

पार्टीवाट यादव शिक्षा तथा संस्कृतीका साथै श्रम तथा यातायात मन्त्री पार्टी महासचिव चन्दन सिंह र कृषि तथा सहकारी राज्यमन्त्री संजय यादव रहेका थिए । मधेश सरकारमा जनमतको १३ सांसद रहेको छ । जनमत बाहिरए पनि गठबन्धनको मधेश सरकार ढल्ने जोड घटाउ भने तत्कालै देखिदैन ।

Scroll to Top