ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, जापानद्वारा सुनामीको चेतावनी जारी

ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ ।

विगत २५ वर्षमा ताइवानमा यस्तो शक्तिशाली भूकम्प गएको थिएन ।

जसले गर्दा जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावामा सुनामी आउने चेतावनी दिइएकाे बीबीसीले जनाएको छ । 

Scroll to Top