तेस्रो राष्ट्रिय नृत्य दिवस-२०८० आयोजना हुँदै

काठमाडौं ।

तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० आयोजना हुँदैछ । नृत्य निर्देशक संघको आयोजनामा हुने कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा यही फागुन ६ गते हुन गइरहेको छ ।

नृत्य हाम्रो अभियान, कला संस्कृतिको पहिचान भन्ने मुल  नाराका साथ आयोजना हुन गइरहेको सो कार्यक्रम बनेपा नगरपालिकाको विशेष सहयोग र बनेपा जिल्ला समन्य समिति बनेपाको पहलमा हुन गइरहेको छ । यस वर्ष काभ्रे जिल्ला नृत्य निर्देशक संघद्धारा आयोजना हुने यस कार्यक्रम बनेपास्थित लाय्कु मञ्चमा हुँदैछ ।

कार्यक्रम माघ ६ गते बिहान १० बजेदेखि सुरु हुने आयोजकले जानकारी दिए ।

प्रमुख अतिथि संस्कृति मन्त्री सुदन किराँतीको विशेष अतिथिमा आयोजना हुन गइरहेको कार्यक्रमा संघका केन्द्रीय  अध्यक्ष भुबन दास श्रेष्ठ, मुल आयोजक समिति संयोजक मोहन तौजले र काभ्रे  जिल्ला अध्यक्ष अमर कृष्ण चन्द, संगित नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपति नृत्य बिभाग  प्रमुख, राष्ट्रिय नाचघरका महाप्रबन्धक, नृत्य बिधा अग्रज नृत्य गुरुहरू, नृत्य क्षेत्रमा कार्यरत नृत्य निर्देशक, फिल्म ,क्षेत्र बिधालय क्षेत्र, क्यामस क्षेत्र संघ संस्थामा आबद्ध रहेका व्यक्तिहरु तथा नृत्य निर्देशकहरूको बाक्लो उपस्थितिमा संघका सहसचिव रवि रानाले जानकारी दिए ।

नृत्य हाम्रो  अभिमान कला र संस्कृति हाम्रो  पहिचान भन्ने मुलनाराका साथ जिल्ला प्रशासन कार्यलय काठमाडौंमा २०७४/०७५ मा विधिवत रूपमा दर्ता भएको हो ।

नृत्य निर्देशक संघले स्थापना कालदेखि विविध कार्यक्रम गर्दै आएको छ ।  यस  संघले प्रथम राष्ट्रिय  दिबस मध्यपुर नगर पालिकाको सहकार्यमा नृत्य निर्देशक संघ केन्द्रीय  कार्यालयबाट सम्पन्न गरियो भने दोस्रो  राष्ट्रिय  नृत्य दिबस लुम्बिनी  प्रदेसमा  नृत्य निर्देशक संघ लुम्बिनी  प्रदेसबाट सम्पन्न भएको थियो । साथै यसपालिको तेस्रो  राष्ट्रिय  नृत्य दिवस काभ्रे  जिल्ला शाखालाई  कार्यक्रमको आयोजना गर्ने जिम्मा दिई  नेपाल सरकारलाई नृत्य दिवस फागुन ६ गते क्याबिनेटबाट पास गर्ने गरी नृत्य दिबस घोषणाको माग राख्ने नृत्य निर्देशक संघका सहसचिव रानाले जानकारी दिए।

Scroll to Top