त्रिभुवन पार्कभित्र थ्रीडी आर्ट म्युजियम गुप्तरुपमा सञ्चालन, सरकारका निर्देशनहरूको उडायो खिल्ली

चन्द्रागिरि (काठमाडौं । काठमाडौं उपत्यकाकै अति महत्त्वपूर्ण पार्कहरू मध्यको एक त्रिभुवन पार्क सम्बन्धी विवाद यथावत रहिरहेकै अवस्थामा पार्कभित्र अवैध गतिविधि र विभिन्न चलखेल चलिरहेको पाइएको छ !

स्थापनाकालपछी लामो समय चरम व्यथिति र विवादमा फस्दै आएको त्रिभुवन पार्क संचालन, व्यवस्थापन सम्बन्धी विषयमा २०७५ सालमा संघिय सरकारको मन्त्री परिषदले बागमती प्रदेशलाई कानुन निर्माण गर्न जिम्मा दिएको थियो ।

त्यस्तै, उच्च अदालत पाटनले २०७८ सालमा गरेको फैसला र बागमती प्रदेशको अख्तियार प्राप्त मन्त्रालय तथा सम्बन्धित विषयगत समितिहरूको निर्णय र निर्देशनलाई धोती लगाउँदै “मिल्टन सोलुसन प्रा.लि”.ले नक्सा पास नगरी निर्माण गरेको थ्रीडी पार्क गुप्तरुपमा संचालन गरेको छ !

स्थानीय सरोकारवालाहरूको निरन्तरको विरोध र नेपाल सरकारका सम्बन्धित निकायले पार्कभित्र कानुन विपरीत कुनै संरचना निर्माण नगर्न , नगराउन विभिन्न समयमा पत्राचार गरेको भएपनी त्यसको खिल्ली उडाउँदै केही बिचौलियाहरूले कसको निर्देशन र समर्थनमा यस्ता अवाञ्छित गतिविधि गरिरहेका छन् ? एक स्थानीयले प्रश्न उठाए !

यद्यपि, चौतर्फी विरोधका वावजुद मिल्टन सोलुसन प्रा.लि.ले हाल ३०० रुपैयाँ टिकट दर राखेर भित्र भित्र गुप्तरुपमा थ्रीडी पार्क संचालन गरेको देखिएको छ !

चौतर्फी विरोधका वावजुद मिल्टन सोलुसन प्रा.लि.ले हाल ३०० रुपैयाँ टिकट दर राखेर भित्र भित्र गुप्तरुपमा थ्रीडी पार्क संचालन गरेको देखिएको छ !

१६६ रोपनी क्षेत्रफलमा फैलिएको त्रिभुवन पार्कको निरन्तर खण्डिकरण , व्यापारिक प्रयोजनका लागि मनपरी ठेक्का , भाडामा दिने कार्यले इतिहास बोकेको पार्कको अस्तित्व नै खतरामा पर्दै गइरहेको छ !

Scroll to Top