त्रिभुवन पार्क सम्बन्धमा एक्सन प्लानको तयारी

काठमाडौं ।

२०८० फागुन १५ गतेका दिन बागमती प्रदेश सभा – उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकमा “त्रिभुवन पार्क, थानकोट व्यवस्थापन” सम्बन्धी पर्यटन मन्त्री पुकार महर्जनसँग व्यापक छलफल गरेको छ ।

बैठकमा त्रिभुवन पार्क व्यवस्थापन , संचालनका निम्ति प्रदेश मन्त्रालयबाट एक्सन प्लान तयार गरि १ हप्ता भित्रमा विषयगत समितिलाई बुझाउनेगरि कार्य थालिएको समिति संयोजक याङ्कीला शेर्पाले बताउनुभयो !

छलफलमा “काठमाडौं निर्वाचन क्षेत्र नं १० ख” बाट प्रतिनिधित्व गर्ने साम्सदहरु, रमा आलेमगर, बिन्दु श्रेष्ठ र यमुनादेवी श्रेष्ठले त्रिभुवन पार्कको बारेमा ब्रीफिङ्ग गरेका थिए !

Scroll to Top