थानकोटमा जेष्ठ नागरिकहरूका लागि संगीतमय कार्यक्रम हुँदै

काठमाडौं । चन्द्रागिरिको थानकोटमा विशेष संगीतमय दिवा सेवा कार्यक्रम आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट वडास्तरिय जेष्ठ नागरिक समितिको आयोजना तथा आदिनारायण भजन मण्डलको सहकार्यमा यहि जेठ २६ गते शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म ६८ वर्ष भन्दा माथिका जेष्ठ नागरिक लक्षित विशेष संगीतमय धुनसहितको दिवा सेवा कार्यक्रम हुने भएको छ ।

थानकोटको कोतघरमा हुने सो कार्यक्रममा ६८ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सहभागी हुन वडा नं ४ को कार्यलयले पत्र जारी गरेको छ ।

Scroll to Top