थानकोट एकल महिला समुहद्वारा लैङ्गिक समानता सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलामाथि लगानीको वृद्धि, प्रगति र समृद्धिूको मुल नारासहित थानकोट एकल महिला समुहले महिला दिवस सम्पन्न गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटमा विभिन्न नारासहित वडा परिक्रमा गरी महाँलक्ष्मी मन्दिर परिसरमा जम्मा भएर सो कार्यक्रमलाई औपचारिक रुप दिइएको थियो ।

संविधान सभाका माननीय सदस्य रुपा महर्जन (श्रेष्ठ) प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ विशेष अतिथि रहेको थियो ।

स्थानीय एकल महिलाहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर श्रेष्ठले एकल महिलाहरुको जुनसुकै समस्याहरु समाधानका लागि आफू तत्पर रहेको साथै नगरपालिका र न्यायिक समितिले गर्दै आईरहेका विभिन्न गतिविधिहरुको जानकारी दिनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि रुपा महर्जनले एकल महिलाहरुले यस्ता खाले कार्यक्रम आयोजना गर्नु आफैमा साहसिक र प्रेरणादायी रहेको बताउँनु भयो साथै एकल महिलाहरुलाई हेर्ने सामाजिक दृष्टि बदलिनुपर्ने समेत उहाँले बताउँनु भयो ।

कार्यक्रमका सभाध्यक्ष तथा आयोजक संस्थाका अध्यक्ष मिना श्रेष्ठले थानकोट एकल महिला समुहले गर्दै आइरहेका गतिविधि र संस्था गठन गर्नुका उद्देश्यबारे बोल्नुभएको थियो ।

थानकोट एकल महिला समुहको स्थापना २०७१ मा गरिएको थियो ।

Scroll to Top