थानकोट–चित्लांग सडकमा घिनलाग्दो राजनीति कहिलेसम्म ?

थानकोट ।

आज दिउँसो चन्द्रागिरि थानकोट हुँदै चित्लांग जाने बाटोमा कार दुर्घटना भएको छ ।

यसभन्दा पहिलो २०७७ सालमा पनि दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो ।

त्यस्तै २०८० साल साउनमा पनि त्यही बाटोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो ।

नेपालकै सुविधासम्पन्न राजधानीमा भएको यो दुर्घटना हेर्दा हाम्रो देशको विकास कस्तो छ भन्ने कुरा स्पष्टै हुन्छ ।

नेपालको मुटुमा रहेको काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा पर्ने गणेशमानसिंह राजमार्ग अन्तर्गत पर्ने सडकमा बर्सेनी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायको अहिलेसम्म ध्यान किन नगएको हो ? अहिलेसम्म त्यसमा राजनीतिक दलहरुका नेताहरुको ध्यान किन नगएको हो ?

नाम भने संघीय राजधानी काठमाडौं, विकास भने यही राजनीतिक खिचातानी, एक आपसमा आछेप लगाउने, खुट्टा तान्ने बाहेक नेपाली जनताले अरु केही आशा गर्न सक्ने अवस्था रहेन, स्थानीय राजनीतिक दल, दलका नेताहरु, स्थानीय निकायहरुले यसतर्फ कहिले ध्यान दिने ?

राजधानी काठमाडौंको नै हालत यस्तो छ भने हुम्ला, जुम्ला, कर्णाली …..को हालत कस्तो होला ? हामी सजिलै अनुमान गर्न सक्छौं ।

अब हामीले कस्को विश्वास गर्ने ? कस्तो राजनीतिक प्रणालीको वकालत गर्ने ? देश विकास भएन भनेर राजा फाल्यौं, बहुदल ल्यायौं, बहुदल कस्का लागि ल्यायौं त हामीले ? अब पनि राजनीतिक दलप्रति विश्वास गर्ने ठाउँ छ त ? यस तर्फ हामी सबैले सोच्ने बेला आएको छ ।

काठमाडौं हुँदै हेटौडा जाने सडक, काठमाडौं उपत्यकामा सबैभन्दा पहिला गाडी बोकेर ल्याएको सडकको हालत अहिलेसम्म यस्तो दुर्दशा हुनुलाई कसलाई दोष दिने ? कहिलेसम्म सडकमा घिनलाग्दो राजनीति गर्ने ?

काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो राणाकालिन सडकको हालत यस्तो हुनुमा कसको दोष ? स्थानीयवासीको ? राजनीतिक दलको ? स्थानीय सरकारको या केन्द्रीय सरकारको ?

अहिले भइरहेको बाटोको हालत
Scroll to Top