थानकोट चित्लाङ सडक खण्ड जेठ २४ देखि बिहान ९-४ सम्म बन्द हुने

काठमाडौं । थानकोट चित्लाङ सडक खण्ड बन्द हुने भएको छ । यस सडक खण्डको सेतो पहरामा सडकको चौडाई कम भएको हुँदा सडकलाई सुधार गर्नुपर्ने हुँदा यही जेठ २४ गतेदेखि असार २० गतेसम्म बन्द गरिने भएको छ ।
थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को थानकोट-चन्द्रागिरि खण्ड अन्तर्गत सेतो पहरो क्षेत्रमा भौगोलिक अवस्थाका कारण ३/४ वटा घुम्ती भएकोले मर्मत सुधार गर्दा ढुंगा तल झर्न सक्ने र सवारीसाधन तथा मानवीय क्षति समेत हुन सक्ने देखिएकोले बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म बन्द गरिने बताइएको छ ।

Scroll to Top