काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार सेतो पहराबाट खस्यो, ४ जनाको मृत्यु

थानकोट ।
काठमाडौंबाट हेटौडा जाने छोटो दुरीको सडक थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।
आज दिउँसो १स्५५ बजे प्र।३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना घाइते भएको एसपी ढुंगेलले जानकारी दिए।

मृत्यु हुनेमा काठमाण्डौं महानगरपालिका(३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका( २ लाजिम्पाटका ३८ वर्षीय डा। महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा। सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए। एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए।

Scroll to Top