थानकोट-चित्लाङ सडक दुर्घटना चारको मृत्यु दुई घाइते

थानकोट ।

गणेशमान सिंह मार्ग (थानकोट) मा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दिउँसो करिब २ बजे भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुई पुरुष एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ।

एक बच्चा गम्भीर घाइते रहेको र सवारी साधन  प्रदेश ३ ०१०२३च ६९८५नम्बरको प्राइभेट कार रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त थानकोटका डिएसपी नारायण प्रसाद अधिकारी नेतृत्वको टोली उद्दारमा खटिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण संकलनको कार्य जारी छ ।

FB_IMG_1705138888833-1705139035.jpg

फोटो:-रत्न बहादुर गोलेको फेसबुक

FB_IMG_1705138891716-1705139035.jpg
FB_IMG_1705138894569-1705139057.jpg
FB_IMG_1705138897174-1705139057.jpg
Scroll to Top