थानकोट चोकमा भोलि शहरी हाटबजार सञ्चालन हुँदै

काठमाडौं। चन्द्रागिरि नगरपालिका वडा नं. ३ को आयोजनामा भोली शुक्रबार अर्थात पुस १३ गते थानकोट चोकमा शहरी हाट बजार सञ्चालन हुँदैछ । सो हाटबजारमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका चन्द्रागिरि नगरका व्यवसायीहरु, मौलिक सिपमा आधारित व्यवसायको लागि चन्द्रागिरि नगरबाट अनुदान प्राप्त गरेका व्यवसायीलगायत अन्य व्यवसायीहरुद्धारा उत्पादित वस्तुहरुको बिक्री तथा प्रदर्शन हुने चन्द्रागिरि नगरपालिका आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले बताए ।
थानकोट चोकमा हुने शहरी हार्ट बजार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा उद्यमीहरुको हौसलाका लागि चन्द्रागिरि नगरपालिकाले ठाउँ ठाउँमा र विभिन्न समयमा हाटबजार सञ्चालन गर्दै आएको छ ।

यो भन्दा अगाडि चन्द्रागिरि २ वडामा पर्ने नागढुंगा चोकमा र त्योभन्दा पहिला चन्द्रागिरि नगरपालिकाको कार्यालयको चौरमा आयोजना गरेको थियो ।

Scroll to Top