थाहा आइडल एकल नृत्यमा टप ११ छनौट

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २० जनाबाट एकैचोटी टप ११ छनौट गरेको हो ।

छनौट हुनेमा थाहा ६ की सुहाना गोपाली, थाहा ३ की अंशु घिमिरे, मोरङका बिजय मगर र सुदिप विश्वकर्मा, थाहा १२ का सोनिमा वाइवा, थाहा ३ का कृपा गोपाली , थाहा २ की साइना तामाङ, थाहा ३ का अनिश लामा, कुलेखानीका सन्ध्या थापा मगर, थाहा २ की स्वेता तामाङ र थाहा ५ की रिया बल रहेका छन् ।

‘बुधबार टप १० छनौट गर्ने लक्ष्य लिएका थियौँ ।’ प्रतियोगिताका कार्यक्रम संयोजक यादवजंग रायमाझीले भने –‘थाहा २ की स्वेता तामाङ र थाहा ५ की रिया बलले समान ३४६ दशमलव ५ अङ्क प्राप्त गर्न सफल भए । दुवै जनाको अङ्क बराबर भएपछि टप ११ छनौट गरेका हौँ ।’

‘मंसिर २१, २२ र २३ गतेबाट भोटिङ सुरु हुनेछ । भोटिङबाट २० प्रतिशत र र निर्णायकको ८० प्रतिशत गरेर निर्णय हुनेछ भने टप ६ बाट सत् प्रतिशत भोटिङको आधारमा नतिजा घोषणा गर्ने छौँ।’–उनले भने । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका छन् ।

Scroll to Top