थाहा दिवस मनाइयो

केसी र ढकाललाई थाहा पत्रकारीता पुरस्कार, केबि सरलाई तिर्थदाश सामाजिक सम्मान

थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको ९० औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा रहेको विष्टको शालिकमा माल्यार्पण गरिएको छ । थाहा नगरपालिका मेयर विष्णु विष्ट र उपमेयर भरत गोपालीले विष्टको तस्विरमा फुलको मालाले माल्यार्पण गरेका थिए ।

थाहा नगरपालिकामा वडा नम्वर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका पत्रकारद्वय सुजन ढकाल, राजुकमार केसी र जनकल्याण माध्यमिक विद्यालयमा शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका कृष्णबहादुर विष्टलाई सम्मान गरेको थियो । उनीहरुलाई थाहा नगरपालिकाका मेयर विष्ट र उपप्रमुख गोपालीले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका थाहा नगरपालिका मेयर विष्णु विष्टले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टलाई सम्झनाको लागि थाहा नगरपालिकाले वृहत अन्तरक्रियाको कार्यक्रम आयोजना गर्ने बताए । ‘रुदानेको सुशासनलाई लिएर अगाडि बढिरहेका छौँ’ उनले भने – ‘ रुपचन्द्र विष्टले गर्नु भएको काम र विचारलाई लिएर एउटा किताब पनि प्रकाशन गर्ने छौँ ।

नगरपालिकाले बजेट विनियोजित गरी थाहा दर्शनको बारेमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गर्ने छौँ ।’ कार्यक्रममा सम्मानित हुनु भएका कृष्ण बहादुर विष्टले रुपचन्द्र विष्टकै योगदानबाट आफू अहिले यो ठाउँसम्म उभिएको जिकिर गरे ।

थाहा नगरपालिकामा ४० वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका विष्टलाई विहीबार सम्मान गरेको थियो ।

यसैगरी फरक सोचका अभियन्ता यादवजंग रायमाझीले थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न फरक सोचले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । ‘थाहा फैलाउन र चिनाउन फरक सोचले काम गर्दै आइरहेको छ ।’ उनले भने –‘आफू विदेश रहँदा रुपचन्द्र विष्टको स्मृतिमा सप्ताहव्यापी कार्यक्रम हुने गर्दथ्यो ।

अहिले एक दिने कार्यक्रम आयोजना गरेतापनि उनको आस्था र विचार खुम्चेको छैन ।’ थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको जन्म जयन्तिको अवसरमा फरक सोचले विगत वर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Scroll to Top