दुई मन्त्रीसहित गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतको आदेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।

उनीसँगै तीन सदस्यीय मन्त्रिपरिषद्  विस्तार भएको छ । पाण्डेको मन्त्रिपरिषदमा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बनेका छन् । कास्कीका थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Scroll to Top