दुर्गालाल महर्जनको जीवनी पुस्तक विमोचन

चन्द्रागिरि नगरपालिका वडा नं ४ का अध्यक्ष तथा व्यवसायी दुर्गालाल महर्जनको जीवनी “जीवन वृतान्त ” पुस्तक आज एक कार्यक्रमकाबिच विमोचन भएको छ । महर्जनको जीवन भोगाई , संघर्ष , उपलब्धि र जीवनका आरोह अवरोह जनित अनुभुतिहरुको साक्ष्य बनेर यो पुस्तक प्रकाशित भएको छ ।

पूर्व मन्त्री एवम् संघीय सांसद राजेन्द्र कुमार के. सी प्रमुख अतिथि , लेखकका छोरा सुरेश महर्जन सभापति रहेको सो कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । छन्द कविताका पर्याय भुवनहरी सिग्देलले कृतिको समिक्षा गर्नुभएको थियो भने , इतिहासकार रविन्द्र रिजाल , प्रमुख अथिति राजेन्द्र के.सी , नगर प्रमुख घनश्याम गिरि , उप- प्रमुख बसन्ती श्रेष्ठ , नगर प्रवक्ता कृष्ण प्रसाद शाही लेखकका बाल सखा भाईकाजी महर्जन लगायत विशिष्ट अथितिहरुले दुर्गालाल महर्जनको राजनीतिक , सामाजिक योगदानको चर्चा गरेका थिए ।

पुस्तकका सम्पादक , साहित्यकार तथा संस्कृति अध्ययनकर्ता समेत रहेका भीमनारायण श्रेष्ठले लेखक दुर्गालाल महर्जनले टुक्राटुक्रामा टिपोट गरिराखेका जीवन अनुभवहरुलाई पुस्तक आकार दिन आफुले पटकपटक कर गरेपछि बल्ल यो पुस्तकले साकार रुप पाएको बताउनु भयो । साथै , पुस्तकमा लेखकको वंशावली समेत समेटिएकाले पुस्तक थप महत्वको हुन गएको बताए । भव्यरुपमा सम्पन्न सो कार्यक्रम कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल सबिना गोपालीले सन्चालन गरेकी थिइन् !

Scroll to Top