![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
“रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भन्नुभयो, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।”
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/0-02-03-9c34b8eb571eb85506a1c1fc47ff0607b59cf38b9457f81b317f4cfd661cb61a_40dae10d8375a2ae-682x1024.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/0-02-03-faab2ca567aa53b280b93281aea80bef4926908a00515fc3925dbbec596bce59_e606dc71f7c97334-682x1024.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/0-02-03-d9a0309b907ce14dbf8a3f45c8ffde220eb2317d14ab18744385f7d0704856ce_ccf6a79adf53e43c-682x1024.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/0-02-03-c4550d14fc24c715126369355184740f3ac8cdf4a809a536a237a0fb0e8bc8ef_a7c7f57b11a74e3c-1024x682.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/0-02-03-579b3b9a8e4b17a1c65287763e1633287e08db33a4b798a122bb6abfa08a4f68_b1e6222d8c0a0d61-1024x682.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/0-02-03-ac7f35ad0d800d94885b20a02009bcc0847bc6e972fe5dd44d7a9bfbf4dbf6db_4f6d3382db91bf08-1-1024x682.jpg)
रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल तथा मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्दल, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ चरा भेटिएको उहाँले बताउनुभयो । यी संरक्षित क्षेत्रमा नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि भेटिएको उहाँले जानकारी दिनुभयो । नेपालमा पाइने आठ सय ९२ प्रजातिमध्ये गुल्मीमा मात्रै ३५ प्रतिशत रहेको उहाँको भनाइ छ ।
सङ्घको गणनाअनुसार रेसुङ्गामा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका छन् । यी दुवै क्षेत्रमा गरी विभिन्न तीन सय पाँच प्रजातिका चरा भेटिएको सङ्घको भनाइ छ ।
नेपालमा मात्र पाइने काँडेभ्याकुरको संरक्षण अति आवश्यक भएको भन्दै चराको बासस्थान जोगाउन जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण हुने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जीवन पङ्गेनीको भनाइ छ ।
सङ्घले जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । कार्यक्रमले यी वन क्षेत्रसँग जोडिएका स्थानीयका लागि वन संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका क्षेत्रमा लागि काम गरिरहेको छ । संस्थाले विगत छ वर्षदेखि यी दुई वन संरक्षण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दैै आएको हो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहवाट आवश्यक सहयोग गर्ने बताउनुभयो । नेपाल पंक्षी संरक्षण सङ्घले डढेलो, विद्युतीय प्रशारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायतका समस्यालाई चरा संरक्षणको चुनौतीका रुपमा लिएको छ ।