दोलखा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्स डबल्सको उपाधि चन्द्रागिरि नगरका पोखरेल र खत्रीलाई

काठमाडौं । वृहत दोलखा महोत्सव २०८० को अवसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चन्द्रागिरि नगरका खेलाडीद्धय राजकुमार पोखरेल र हरि खत्रीको जोडी भेट्रान्स डबल्समा प्रथम हुन सफल भएका छन् ।
पुस १८ देखि २० गतेसम्म दोलखा उद्योग वाणिज्य संघको आयोजना एवं दोलखा जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा भएको सो प्रतियोगितामा दोस्रो पेप्सिकोलाको पुर्णहरि होना र राकेश थापा भएका थिए । पोखरेल र खत्रीको जोडीले २१–१८ र २१–१९ को सोझो सेटमा हराएका थिए ।
यसभन्दा अगाडि सम्पन्न ललितपुर मेयर कप प्रतियोगितामा भेट्रान्स डबल्समा पोखरेल र खत्रीको जोडी तेस्रो भएका थिए ।

Scroll to Top