दोश्रो क्षेत्र स्तरीय किसिपिडी ब्याडमिन्टन कप प्रतियोगिता २०८१ सुरु

काठमाडौं । दोश्रो काठमाडौं क्षेत्र नम्बर ९ र १० स्तरीय किसिपिडी ब्याडमिन्टन कप प्रतियोगिता २०८१ आज एक कार्यक्रमका बीच सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिका ७ मा रहेको महांकाल व्याडमिन्टन कभर्डहलमा आयोजित प्रतियोगिता चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले पानसमा बत्ती बाली प्रतियोगिताको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, समाजसेवी उत्तमबहादुर राउत, देवेन्द्र प्रधान, राजकुमार पोखरेल, रामनारायण घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
११५ टिमको सहभागिता रहेको प्रतियोगितामा काठमाडौं क्षेत्र नम्बर ९ र १० स्तरीयमा १६ टिमको सहभागिता रहेको छ भने भेट्रान्समा पनि १६ टिमको सहभागीता रहेको छ । त्यस्तै चन्द्रागिरि बी स्तरीयमा ३३ टिमको सहभागिता रहेको छ भने सी स्तरीयमा ५० टिमको सहभागिता रहेको संयोजक बिनोद महर्जनले बताए ।
क्षेत्रीय खुल्ला पुरुष डबल तर्फ प्रमथ हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५-५ हजार तथा शिल्ड, मेडल तथा प्रमाण पत्र दिइने छ ।
क्षेत्रीय खुल्ला भेट्रन्स ४५ प्लसतर्फ प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ६ हजार र तृतीय हुने दुई टीमलाई ३ हजार नगर तथा शिल्ड, मेडल र प्रमाण पत्र दिइने छ ।
त्यस्तै, पुरुष डबल बी लेबरमा प्रथम हुनेलाई १५ हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५-५ हजार तथा शिल्ड, मेडल र प्रमाण पत्र दिइने छ ।
त्यसैगरी, पुरुष डबल (सी लेबल चन्द्रागिरि नगर मात्र)मा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ६ हजार र तृतीय हुनेलाई ३-३ हजारका साथै शिल्ड , मेडल र प्रमाण पत्र वितरण गरिने छ ।
जेठ १७ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिने खेलाडीहरुले प्रति टिम २ हजार शुल्क बुझाउनुपर्ने छ ।

Scroll to Top