दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पौष ३ गतेबाट

काठमाडौं । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पौष ३ गतेबाट हुने भएको छ ।

वरियता प्रतियोगिता समेत रहेको प्रतियोगितालाई ललितपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकलमा प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै नेपाल ब्याडमिन्टन संघको शिर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ बर्ष माथीको भेट्रान्स युगल (खुला) गरि ६ बिधामा प्रतिस्पर्धा गराईने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष्य गोपाल महर्जनले जानकारी गराएका छन् ।

प्रतियोगितामा पुरुष एकल र महिला एकल तर्फ विजयी खेलाडीहरुले नगद ४० हजारका प्राप्त गर्ने छन् । यस्तै उपविजेता खेलाडीहरुले नगद २० हजार पाउँदा तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजार प्राप्त गर्ने छन् । 

यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यु —१७ छात्र÷छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

वरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध जिल्ला, क्लब र अन्य गरि करिव ४०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

close up hand hold serve badminton shuttlecock with blur badminton court background
Scroll to Top