धादिङ-काठमाडौ सम्पर्क मञ्चको वृहत रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । नेकपा एमाले धादिङ-काठमाडौ सम्पर्क मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
प्रा.डा. पुष्पराज कँडेलेको आतिथ्यमा आयोजित कार्यक्रममा सम्पर्क समन्वय संयोजक श्याम बस्नेत, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरीको सहभागिता रहेको थियो ।
जेठ १९ गते शनिबार स्वयम्भु, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा ९८ जना रक्तदाताहरुले रक्तदान गरेका धादिङ-काठमाडौ सम्पर्कका अध्यक्ष कमल थापामगरले बताए ।

Scroll to Top