धादिङ जेसिजको अध्यक्षमा प्रविण धिमाल

धार्के : धादिङ जेसिजको ११ औं शाखा अधिवेशनबाट प्रविण धिमालको नेतृत्वमा बर्ष २०२४ को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
आज धुनिवेशी-६, गौचरण स्थित अरेन्ज एग्रो रिसोर्टमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा प्रविण धिमाल, कार्यकारी उपाध्यक्षहरुमा राजेश भट्टराई र अजय आचार्य तथा उपाध्यक्षहरुमा नवराज नेपाल, दिपेश बिडारी, निरज लामिछाने र प्रकाश अधिकारी निर्वाचित भए भने नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा श्याम उप्रेती, महासचिबमा अर्बिन रुपाखेती र कोषाध्यक्षमा अजित यादवलाई मनोनयन गर्नु भयो।
सन् २०१३ मा स्थापित धादिङ जेसिजले बुटवलमा सम्पन्न ५० औ राष्ट्रिय महाधिबेशनबाट अचुत उप्रेतीलाई राष्ट्रिय उपाध्यक्षमा निर्वाचित गराउन सफल भएको छ।

Scroll to Top