धुनिबेशी बहुउद्धेशीय नगर महोत्सव-२०८० धुर्मुस सुन्तलीको बेजोड प्रस्तुतिसँगै समापन

पवन थापा

धादिङको धुनिबेशि नगरपालिका ६ धार्के चालिसेमा २०८० पौष ६ गते देखि सञ्चालन धुनिबेशी बहुउद्धेशीय नगर महोत्सव-२०८० धुर्मुश सुन्तलीको बेजोड प्रस्तुतिका साथ समापन भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख, ईलाका प्रहरी प्रमुख, संघ संस्थालगायत विभिन्न तहका ब्यक्तित्वको उपस्थिति रहेको थियो ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा कृषि उपजहरूको प्रर्वद्धन सँगै, धुनिबेशी नगरको पहिचानलाई चिनाउने, यहाँको कला संस्कृति, भेषभुषा, धार्मिक एंव पर्यटकीय स्थलहरूको प्रचारप्रसार, लद्यु उद्यम, हस्तकला, घरेलु तथा साना उद्योग, कृषि तथा कृषिमा आधारित व्यवसायलाई नयाँ प्रविधिको जानकारी, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी उद्योगको रुपमा उन्मुख गराउन, स्थानीय तहको संस्कृतिको प्रचार प्रसार र जर्गेना गर्ने कार्य यसै महोत्सवबाट भएको शुभकामना मन्तब्य बाट नगर उप-प्रमुख सुरज उप्रेतिले जानकारी दिए ।

Scroll to Top