धेरै रिसाउनु मुटुका लागि पनि एकदमै हानिकारक

धेरै रिसाउनु पनि स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । यसले गर्दा तपाईं कैयौं विमारीहरुको शिकार पनि हुन सक्नुहुनेछ ।

विशेषज्ञहरुका अनुसार धेरै रिसाउने गर्दा मुटु सम्बन्धी समस्या, मधुमेह र रक्तचाप जस्ता विमारीहरुको खतरा रहन्छ । यस्तोमा रिसलाई नियन्त्रण गर्नका लागि मेडिटेशन तथा कसरतहरुको सहयोग लिन सकिन्छ ।

धेरै रिसाउँदा तनावलाई बढावा मिल्छ । यसकारण तपाईंको मानसिक स्वास्थ्य पनि खराब हुन सक्छ । यस्तोमा यदी तनावबाट बच्नु छ भने धेरै रिसाउन पनि छोड्नुपर्ने हुन्छ ।

धेरै रिसाउँदा तनावलाई बढावा मिल्छ । यसकारण तपाईंको मानसिक स्वास्थ्य पनि खराब हुन सक्छ । यस्तोमा यदी तनावबाट बच्नु छ भने धेरै रिसाउन पनि छोड्नुपर्ने हुन्छ ।

धेरै रिसाउनु मुटुका लागि पनि एकदमै हानिकारक हुन्छ । रिसाउँदा रक्तचाप बढ्छ, जो हृदयघातको कारण पनि बन्न सक्छ ।

धेरै रिसाउँदा तपाईंको उच्च रक्तचापको समस्या देखिन सक्छ । रक्तचापको समस्या बढ्दै गयो भने तपाईंलाई अन्य विमारीहरुको पनि हुने सम्भावना बढ्छ ।

धेरै रिसाउँदा शरीरको इम्युनिटी पनि कमजोर हुन्छ । इम्युनिटी कमजोर हुँदा तपाईंलाई अन्य विमारी तथा संक्रमणहरुले छिट्टो आक्रमण गर्छन् ।

रिसले मुख्यतः मानिसहरुको मतिष्क, फोक्सो र मुटु असर पार्दछ। त्यसैले मधुमेह, उच्च रक्तचाप, धूमपान गर्ने बानी, उच्च क्लोस्टोर र औषधी खाने व्यक्तिहरुले आफ्नो रिसलाई नियन्त्रण गर्नुपर्दछ। यदि रिसको नियन्त्रण नभएमा हृदयघातको खतरा हुन्छ।

सन् २००६ देखि २०१२ सम्म अस्ट्रेलियाको सिड्नीमा गरिएको एक अनुसन्धानमा त्यहाँको नागरिकलाई हृदयघात हुनुभन्दा २४ घण्टा पहिले रिस उठेको पत्ता लागेको थियो। जसमा २.२ प्रतिशत व्यक्तिले हृदयघात हुनुभन्दा पहिला एकदमै धेरै रिस उठेको बताए।

धेरै रिसाउने व्यक्ति लामो समयपछि डिप्रेशनको शिकार पनि बन्न सक्छ । साथमा यसले तपाईंलाई डराउने तथा झस्किने पनि बनाउँछ । – एजेन्सी

Scroll to Top