नयाँ वर्षको पहिलो दिन : कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । आज वर्ष १०८१ को पहिलो दिन । नेपालीहरूले शुभकामना आदानप्रदान तथा घुमफिर गरेर नयाँ वर्ष मनाइरहेका छन् । टाढा टाढाको यात्रा तय गरेकाहरू मौसमले भने चुनौती दिने देखिएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Scroll to Top