नयाँ वर्षमा चन्द्रागिरिमा पैदल यात्रा हुने

काठमाडौं । वैशाख १ गते चन्द्रागिरिमा पैदल यात्रा कार्यक्रम आयोजना हुँदैछ । २०८१ बैशाख १ गते शनिबार आयोजना हुने पैदल यात्रा कार्यक्रम चन्द्रागिरि १५ स्थित मुनाल क्लब, तीनथानाबाट सुरु हुने आयोजकले जानकारी दिए ।
वैशाख १ गते बिहान ६ बजे सुरु हुने पैदल यात्रा कार्यक्रम तीनथाना हुँदै भस्मासुर, छापडाँडा, देउराली, मातातीर्थ हुँदै तीनथानामै आएर समापन हुने आयोजकले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्दागिरि नगर १५ नं. वडा कमिटिको आयोजनामा हुन लागेको सो पैदल यात्रामा जान इच्छुक व्यक्तिहरुले चैत २९ गते बिहीबारभित्र नाम टिपाइसक्नुपर्ने छ ।

Scroll to Top