नवाैं धनबहादुर स्मृति अफिसियल राष्ट्रिय कराँते प्रतियोगिता सुरु, शिवकुमार केसीलाई विशेष सम्मान

काठमाडौं । चन्द्रागिरिस्थित बोसिगाउँमा बुधबारदेखि नवौं धनबहादुर स्मृति अफिसियल राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ ।

बोसिगाउँस्थित डबलीमा बागमती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन बुधबार बिहान उद्घाटन गरेका थिए ।

प्रतिष्ठानले चन्द्रागिरि नगरमा लामो सयमदेखि खेलक्षेत्रमा लागेका चन्द्रागिरि ७ का शिव कुमार केसीलाई विशेष सम्मान गरेको थियो । 

सो क्रममा चन्द्रागिरि नगरपालिका वडा न. १० का वडाध्यक्ष शीवकुमार महर्जन, कराँतेका वरिष्ठ प्रशिक्षक राजेन्द्र कपाली, खेल पत्रकार श्याम चित्रकार, ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की लगायतको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष विधामा प्रतिस्पर्धा गराइने बताइएको छ ।

जहाँ सात वटै प्रदेशका खेलाडीले सहभागिता रहेको धनबहादुर खेलकुद प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले जानकारी दिनुभयो ।
सो प्रतियोगिता नेपाल कराँते महासंघका युवराज लामाले आज दिउँसो ३ बजे समापन गर्ने तालिका रहेको छ ।

Scroll to Top