नवाैं धनबहादुर स्मृति अफिसियल राष्ट्रिय कराते प्रतियोगिता चैत २८ बाट सुरु

काठमाडौं : ९औं धनबहादुर स्मृति अफिसियल राष्ट्रिय कराते प्रतियोगिता २०८० चैत २८ गते सुरु हुने भएको छ ।
बागमती प्रदेशका माननीय सांसद तथा राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनबाट समुद्घाटन हुने धनबहादुर खेलकुद प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले बताए ।
चन्द्रागिरि नगरपालिका १० स्थित बोसीगाउँमा आयोजना हुने प्रतियोगिता चैत २८ गते बिहान ८ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगिताको समापन चैत २९ गते दिउँसो ३ बजे नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाबाट हुने अध्यक्ष महर्जनले बताए ।

Scroll to Top