नव नियुक्त पर्यटन मन्त्री बज्राचार्यद्वारा त्रिभुवन पार्कको स्थलगत निरीक्षण

काठमाडों । बागमती प्रदेश पर्यटन मन्त्री शैलेन्द्रमान बज्राचार्यद्वारा ऐतिहासिक त्रिभुवन पार्कको पछिल्लो अवस्थाको स्थलगत निरीक्षण , अवलोकन गरिएको छ ।

उपत्यकाकै महत्त्वपूर्ण सो पार्कको निरीक्षण गर्नेक्रममा मन्त्री बज्राचार्यले पार्कभित्रको गैह्र कानुनी गतिविधि र व्यथितिको तत्काल समाधान निकाल्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

सहिद स्मारक प्रकृति प्रतिष्ठान ( त्रिभुवन पार्क ) संरक्षण तथा समन्वय समितिको पहलमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश मन्त्री रमा आलेमगर , बागमती प्रदेश सभा सदस्य बिन्दु श्रेष्ठ , विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो ।

अवलोकनका क्रममा मन्त्री बज्राचार्यले आफू सभासद हुँदादेखि नै त्रिभुवन पार्कको समग्र विषय आफुलाई जानकारी भएको र आफ्नो पहिलो प्राथमिकता पार्कको विधि निर्माण र दीर्घकालीन विकास रहेको बताउनु भयो । चौतर्फी व्यथिति मौलाइरहेको अवस्थामा यसको समाधान निकाल्न नसकिए पदमा बस्नुको औचित्य नरहने समेत बताए !

पार्कभित्र अवैध रुपमा बनिरहेको थ्रीडी हल र टिकट काउन्टरमा भइरहेको आर्थिक अनियमितता तत्काल बन्द गरिने

साथै , पार्कभित्र अवैध रुपमा बनिरहेको थ्रीडी हल र टिकट काउन्टरमा भइरहेको आर्थिक अनियमितता तत्काल बन्द गरिने पनि बताए !

हाल त्रिभुवन पार्कको व्यवस्थापनको जिम्मा बागमती प्रदेश अन्तर्गत रहेको छ ।

Scroll to Top