नागढुंगा सुरुङ्ग मार्गमा परेको खाल्टो र त्यसले पारेको समस्याको बारेमा, संघिय यातायात मन्त्रालयमा छलफल

नौबिसे – नागढुङ्गा निस्कने निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना , सुरुङ्ग मार्गको पूर्वी प्रवेशद्वारभन्दा १०० मिटरमाथि घर र बस्तिहरू साथै इन्द्रदह कालुपाण्डे जाने मोटर बाटोमा असर पर्नेगरि ठाउँ ठाउँमा ठुलाठुला भ्वाङहरू पर्न थालेको । यस्ता भ्वाङहरुले बस्ती र बाटोहरुमा समेत मानविय क्षति हुनसक्ने समाचार शोणितपुर खबर लगायत स्थानीय मिडियाहरु मार्फत सम्प्रेषण हुन थालेपछि स्थानीय राजनीतिक दल र प्रदेश सभाका प्रतिनिधिहरुले सो विषयलाई लिएर संघीय यातायात मन्त्रालयमा गम्भीरतापूर्वक छलफल भएको र सो सम्बन्धमा भौगोलिक सर्वे गरि सो समस्या , सुरुङ्गमार्गका कारण हो वा अन्य कुनै कारण अनुसन्धान गरिने साथै सुरुङ्गमार्गका कारण यसो हुन गएको हो भने सम्बन्धीत पक्षले क्षतिपूर्ति दिनुपर्ने बागमती प्रदेश सभा सदस्य रमा आलेमगरले जानकारी दिनुभयो !

Scroll to Top