नागढुंगा सुरुङ खन्ने काम रोकियो, सुरुङ छेड्ने काम मार्चमा मात्र हुने

काठमाडौं ।
जियोलोजिकल (भौगर्भिक) समस्या देखिएपछि नागढुंगा–नौबिसे सुरुङ खन्ने काम रोकिएको छ ।
‘सुरुङ खन्ने ठाउँमा जियोलोजिकल समस्या आएर काम गर्न सकेको छैन त्यहि कुरालाई ध्यानमा राखेर निर्माण कम्पनीले मार्चमा ब्रेक थ्रु (सुरुङ छेड्ने काम) गर्ने सेड्यु राखेको छ’ सिडिई गोविन्द दुमरुले भने ।

कुल २६ सय ६६ मिटर लामो सुरुङमार्गमा हालसम्म २५ सय ८९.४० मिटर खनिसकिएको छ । अब ९६.६० मिटर खन्न बाँकी रहे पनि सन् २०२४ को मार्च अर्थात् फागुन अन्तिममा मात्रै सुरुङ छेड्ने काम गर्ने तयारी अयोजनाको छ ।

त्यस्तै, बलम्बुमा एउटा घर भत्काउने विषयमा सहमति हुन सकेको छैन । घरको मुआब्जा र स्वामित्व विवादका कारण समस्या उत्पन्न भएको हो । नक्सा र लालपुर्जामा जग्गाको क्षेत्रफल फरक परेको, मुआब्जा अस्वीकार गरेको तथा मुआब्जा बुझेर पनि घर भत्काउन अटेर गरेको पाइएको छ । जग्गा सडक र राजकुलोको मापदण्डमा परेकाले थोरैमात्र जग्गा बाँकी रहने भएकाले स्थानीयले पूरै जग्गाको मुआब्जा माग गरेको अवस्था छ ।

जग्गा विवाद समाधान नभएसम्म फ्लाइओभर निर्माण गर्न नसकिने सिडिई दुमरु बताउँछन् ।

Scroll to Top